भाइटीकाको दिन भीष्मराजको घरमा आगलागी, घर जलेर नष्ट, लाखौंको क्षति-Sutra News

भाइटीकाको दिन भीष्मराजको घरमा आगलागी, घर जलेर नष्ट, लाखौंको क्षति

शुक्रबार, ११ कार्तिक २०७९

शुक्रबार, ११ कार्तिक २०७९

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए ।



आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने तामाङले जाकारी दिए ।क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताउनुभयो । आगलागीको कारण पनि खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

२० किलो गाँजासहित बाराबाट पाँच जना पक्राउ – २० किलो अवैध गाँजासहित बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित घुसुकपुर टोलबाट प्रहरीले पाँच पक्राउ गरेको हो । स्थानीय सुनिता देवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो । सो क्रममा २० किलोग्राम गाँजासहित महागढीमाई नगरपालिका वडा नम्बर १ प्रतिमा देवी पटेल र करैयामाई गाउँपालिका वडा नम्बर १ का सफि अन्सारी, पचरौता नगरपालिका वडा नम्बर ३ का उपेन्द्र पटेल, सौखीलाल प्रसाद यादव र भारतीय नागरिक सेराज आलमलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट