मैत्रीपूर्ण क्रिकेटमा नेपालीले हरायो बेलायतको मेरिलेबोन क्रिकेट क्लबलाई-Sutra News

मैत्रीपूर्ण क्रिकेटमा नेपालीले हरायो बेलायतको मेरिलेबोन क्रिकेट क्लबलाई

शुक्रबार, ११ कार्तिक २०७९

शुक्रबार, ११ कार्तिक २०७९
g]kfnL dlxnf lqms]6 6f]nL ljhokZrft v';L ;f6b} kf]v/f, !! sflQs M kf]v/f, !! sflQs M d}qLk"0f{ v]ndf lahoL eP kl5 v';L ;f6b} g]kfnL dlxnf lqms]6 6f]nL . tl:a/ M /flwsf sF8]n÷kf]v/f

काठमाडौं – नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो ।



खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले ३१ बलमा दुई चौकासहित सर्वाधिक १८ रन बनाएकी थिइन् । खेलमा जितका लागि एक सय रनको विजयी लक्ष्य पछ्याएको एमसिसी १९ ओभरको पाचौँ बलमा सबै विकेट गुमाएर ८० रन मात्र बनाउन सफल भयो ।

एमसिसिका लागि एलिसा हुबर्डले २८ बलमा सर्वाधिक २० रन बनाउँदै अविजित रहे । एमसिसिका लागि अन्तिम ओभरमा जितको लागि २० रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गरेकी रुबिनाले अन्तिम पाँच बलमा चार विकेट लिन सफल भइन् ।

रुबिनाले दोस्रो, तेस्रो, चौथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गर्दा पाँचौ बलमा समेत विकेट लिएपछि एमसिसी नेपाली टोलीसँग पराजित हुन पुग्यो । खेलमा ‘प्लेयर अफ दि म्याच’ घोषित नेपाली टोलीका कप्तान क्षेत्रीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरेका थिए ।

नेपाल भ्रमणमा रहेको एमसिसिले पोखरामा दुई ‘टी–२०’ र दुई ‘एक दिवसीय’ खेल खेल्ने छ । शनिबार एकदिवसीय खेल खेल्ने तालिका रहेको कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट