सुदूरपश्चिम प्रदेशमा गयो भूकम्प-Sutra News

सुदूरपश्चिम प्रदेशमा गयो भूकम्प

आइतबार, १३ कार्तिक २०७९

आइतबार, १३ कार्तिक २०७९

कैलाली – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो ।



भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट