ट्वान्टी-२० विश्वकप : दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो-Sutra News

ट्वान्टी-२० विश्वकप : दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो

आइतबार, १३ कार्तिक २०७९

आइतबार, १३ कार्तिक २०७९

दक्षिण अफ्रिकाले भारतलाई पाँच विकेटले हराउँदै ट्वान्टी–२० विश्वकपमा आफ्नो विजयी यात्रा कायम राखेको छ । भारतले दक्षिण अफ्रिकालाई १३४ रनको चुनौती दिएको थियो । अफ्रिकी टोलीले दुई बल बाँकी रहँदै लक्ष्य पूरा गर्‍यो।



डेभिड मिलरले ४६ बलमा ५९ रन बनाएर अविजित रहे । उनले चार चौका र तीन छक्का प्रहार गरे ।

अन्तिम ओभरमा अफ्रिकी टोलीले ६ रन जोड्नु परेको थियो ।

भुवनेश्वर कुमार अफ्रिकी इनिङ्सको २० औं ओभर बलिङ गर्दै थिए । पहिलो बलमा कुनै रन भएन । दोस्रो बलमा वेन पार्नेलले रन लिए। मिलरले तेस्रो बलमा चौका र चौथो बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

मिलरसँग चौथो विकेटका लागि ७६ रन जोडेका मार्करामले आउट हुनुअघि ४१ बलमा ५२ रन बनाएका थिए । उनले छ चौका र एक छक्का प्रहार गरे । भारतका अर्शदीप सिंहले दुई विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट