अमेरिका: ३८ वर्ष जेल बसेपछि डीएनए परीक्षण गर्दा निर्दोष ठहर भएपछि रिहा-Sutra News

अमेरिका: ३८ वर्ष जेल बसेपछि डीएनए परीक्षण गर्दा निर्दोष ठहर भएपछि रिहा

आइतबार, १३ कार्तिक २०७९

आइतबार, १३ कार्तिक २०७९

करिब चार दशक जेलमा बसिसकेपछि अमेरिकामा एक व्यक्ति निर्दोष सावित भएका छन्।



डीएनए परीक्षण गर्दा अर्कै व्यक्ति दोषी देखिएपछि उनलाई थुनामुक्त गरिएको हो।

सन् १९८३मा भएको एक हत्या आरोपमा मोरिस हेस्टिङ्सले ३८ वर्ष राज्य कारागारमा बिताए। उनीमाथि क्यालिफोर्नियामा रोबेर्टा वाइडमायरको हत्या गरेको र अन्य दुई हत्या प्रयासमा संलग्न भएको आरोप थियो।

तर डीएनए परीक्षणले हत्यामा अर्कै व्यक्तिको संलग्नता देखायो। संलग्न देखिएका व्यक्तिको सन् २०२० मा जेलमै मृत्यु भएको थियो।

उनलाई दोषी ठहर गर्ने सन् १९८८ को अदालतको निर्णय खारेज भएपछि हाल ६९ वर्षका हेस्टिङ्स अक्टोबर २० मा जेलबाट छुटेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट