काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीको कप्तानीका लागि नयाँ दौड सुरु भएको छ। कप्तान सन्दिप लामिछाने बलात्कार अभियोगमा अदालतमा थुनछेक बहसका लागि पुगिरहेका संयुक्त अरब इमिरेट्स (युएई)सँगको तीन दिवसीय खेलका निम्ति कप्तानको रेश पनि सुरु भएको छ।
२८ कात्तिकदेखि २ मंसिरसम्म नेपाल क्रिकेट संघ (क्यान)ले गर्न लागेको खेलका निम्ति आवश्यक राष्ट्रिय टोलीको कप्तानीका लागि धेरै जनाको जोड रहेको छ।
उपकप्तान रहेका रोहित कुमार पौडेल कप्तानीका लागि दौडमा छन्। उनीसँगै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी पनि कप्तानको दाबेदारको रुपमा छन्।
विनोद भण्डारी, शरद भेषावकर पनि कप्तानीको दौडमा रहेका छन्। यसबाहेक घरेलु क्रिकेटमा कप्तानी गरिसकेका खेलाडीमा सोमपाल कामी र करण केसी पनि छन्।