अभिनेत्री रम्भासहित उनका छोराछारी चढेका कार दुर्घटना-Sutra News

अभिनेत्री रम्भासहित उनका छोराछारी चढेका कार दुर्घटना

मंगलबार, १५ कार्तिक २०७९

मंगलबार, १५ कार्तिक २०७९

काठमाडौँ। बलिउड अभिनेत्री रम्भा कार दुर्घटनामा परेकी छिन् । स्कुलबाट बालबालिकालाई घर लैजादै गर्दा उनको कार दुर्घटनामा परेको हो । दुर्घटनामा उनकी छोरी घाइते भएकी छिन्।



अहिले उनको अबस्था सामान्य भएपछि छोरी भने अस्पताल भर्ना भएकी छन् । उनको कार अर्को कार सँग ठोक्किएर दुर्घटना भएको भारतिय मिडियामा जनाइएको छ । दुर्घटनाको खबर फ्यानसँग सेयर गर्दै रम्भाले जानकारी दिएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् – ‘बालबालिकालाई स्कुलबाट लैजाँदै गर्दा हाम्रो कार अर्को कारसँग ठोक्कियो। केटाकेटी र न्यानी मसँगै गाडीमा थिए। हामी सबै सुरक्षित छौं। हामीलाई सामान्य चोट लागेको छ। तर मेरो सानो साशा अझै अस्पतालमा छिन्। कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस्। तपाईको प्रार्थनाले धेरै अर्थ राख्छ।’रम्भाको पोष्टमा कमेन्ट गरेर सेलिब्रेटी र फ्यानहरूले छोरीको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट