विश्वमा आजः सीबीसीको स्थापनादेखि साउदीमा कु-Sutra News

विश्वमा आजः सीबीसीको स्थापनादेखि साउदीमा कु

बुधबार, १६ कार्तिक २०७९

बुधबार, १६ कार्तिक २०७९

आज विश्वमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः



मार्टिन लुथर किंग दिवस
सन् १९८२ अमेरिका तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले नागरिक अधिकार आन्दोलनका अभियन्ता मार्टिन लुथर किंगको सम्झनामा अमेरिकी सदमा विशेष दिन घोषणा गर्न एउटा प्रस्ताव गरेका थिए । जसअनुसार अमेरिकामा हरेक वर्षको जनवरीको तेस्रो सोमवार मार्टिन लुथर किंग दिवस मनाइन्छ ।

साउदीमा कु
सन् १९६४ मा फैसल बिन अब्दुल अजिजले आफ्नै भाईलाई अपदस्थ गरेका थिए । आफ्ना सौताने भाई किङ साउद विदेश उपचार जाँदा अब्दुलले सत्ता हातमा लिएका थिए ।

सीबीसीको स्थापना
सन् १९३८ मा क्यानडाको सरकारी प्रसारण माध्यम क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन स्थापन भएको थियो । सीबीसी क्यानडाको सरकारी रेडियो तथा टेलिभिजन प्रसारक हो ।

इथोपियाको पहिलो शासक
सन् १९३० मा हेली सिलेसी प्रथम इथोपियाका पहिलो शासक बनेका थिए । राष्ट्रफरी आन्दोलनका नेता सिलेसीले इथोपियामा ४४ वर्ष शासन गरेका थिए ।

कार्टर अमेरिकाको ३९ औं राष्ट्रपति
सन् १९७६ मा जिम्मी कार्टर अमेरिकाको ३९औं राष्ट्रपतिमा निर्वाचित भएका थिए  । कार्टरले झिनो मत अन्तरले रिपब्लिकन नेता जिराल्ड आर फोर्डलाई पराजित गरेका थिए ।  कार्टरले सन् २००२ मा शान्तिका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट