काठमाडौं– सिँचाई मन्त्रालयको जिम्मेवारी दिने तयारीसहित सरकारले केशवकुमार शर्मालाई सह–सचिवबाट सचिवमा बढुवा गरेको छ।
बढुवा समितिले तेस्रो नम्बरमा सिफारिसमा राखेका शर्मालाई बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बढुवा गर्ने निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका उनीभन्दा अगाडि रामआधार साह र विश्वबाबु पुडासैनी सिफारिसमा परेका थिए।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको सचिव बढुवाको सिफारिस गरेको थियो।