महापुरुष टिम आज नेपालगञ्ज प्रस्थान गरेको छ । फिल्मको रिभ्यूउ बुझ्न नेपालगञ्ज गएको हो । चलचित्रका लेखक निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता रविन्द्र सिंह बाँनिया, डेब्यु कलाकार अरुण क्षेत्री, अन्जना बराइली सहित हास्यकलाकार राजाराम पौडेल नेपालगञ्ज लागेका हुन् ।
चलचित्रले शुक्रबार र शनिबार दुई दिनमै साढे दुई करोडको व्यापार गरेको छ । फिल्म चलेपछि टिम दङ्ग परेको छ । पारिवारिक कथामा निर्माण भएको चलचित्रले एक्लोपनको कथा भन्छ । चलचित्रमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको पनि अभिनय रहेको छ ।