नेप्से बढ्यो, कारोबार रकममा पनि वृद्धि-Sutra News

नेप्से बढ्यो, कारोबार रकममा पनि वृद्धि

बुधबार, १६ कार्तिक २०७९

बुधबार, १६ कार्तिक २०७९

काठमाडौं – बुधबार सेयर बजार मापक परिसूचक नेप्से ७.३२ अंकले बढेको छ । मंगलबार ५६ अंकले बढेको नेप्से आज १९३८.३० बिन्दुमा पुगेको छ ।



बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले बढेको छ । २९ हजार ४७ पटकको सेयर कारोबारमा २२७ वटा कम्पनीका ४३ लाख ४६ हजार ७०८ कित्ता किनबेच भएको थियो । जसमा एक अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबर कारोबार भएको छ ।बजार बढे पनि १३ वटा उपसमूमध्ये तीनवटा उपसमूहका सूचक राताम्मे भएका छन् । १० वटा उपसमूहका सूचक हरियाली देखिएका छन् ।

बुधबार सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलोपमेन्ट बैंक र कर्णाली डेभलोपमेन्ट बैंक छन् । उक्त कम्पनीको सेयर मूल्य क्रमशः २३ रुपैयाँ र १८ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता २८८ रुपैयाँ र २४० रुपैयाँ कायम भएको छ ।

आज सर्वाधिक गुमाउनेमा सबैको लघुवित्त र माहुली लघुवित्त रहेका छन् । उक्त कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । शिवम् सिमेन्टको सर्वाधिक एक लाख १३ हजार ७२० कित्ता सेयर कारोबार हुँदा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट