विश्वमा इतिहासमा आजःवल्ड ट्रेड सेन्टरको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खण्ड फेला-Sutra News

विश्वमा इतिहासमा आजःवल्ड ट्रेड सेन्टरको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खण्ड फेला

बिहिबार, १७ कार्तिक २०७९

बिहिबार, १७ कार्तिक २०७९
history

 आज ३ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः



डोमिनिका स्वतन्त्र

सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिवियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश बनेको थियो ।

म्यारिनर १० अन्तरिक्षमा

अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा अन्तरिक्षमा  म्यारिनर १० यान पठाएको थियो । म्यारिनर १० बुध र शुक्र ग्रहमा एकै पटक उड्ने पहिलो यान हो ।

अमेरिकी संसदमा अफ्रिकी मूलका पहिलो अमेरिकी

सन् १८६८ मा जोन विलिस मेनार्ड अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएका थिए । मेनाड अमेरिकी संसदमा निर्वाचित हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् ।

 चीनको ग्रेट वालको अर्को खण्ड फेला

सन् १९९८ मा चीनको ग्रेट वालको केही खण्ड फेला परेको थियो । उत्तरी चीनको सानो स्वायत्त क्षेत्र निनजिक्सयाको हुवीमा थप २५ किलोमिटर पर्खाल फेला परेको थियो । योसँगै चीनको पर्खालको कूल क्षेत्रफल ७३०० किलोमिटर पुगेको थियो ।

वल्ड ट्रेड सेन्टर स्थापना

सन् २००१ को ११ सेप्टेम्बरमा अतिवादी सञ्जाल अलकायदाले वल्ड ट्रेड सेन्टरमा हमला भएको थियो । सन् २०१४ मा पुरानो कमप्लेक्स नजिकै अर्को वल्ड ट्रेड सेन्टर खुला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट