एनआईसी एशियाको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने पुनः नियुक्त-Sutra News

एनआईसी एशियाको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने पुनः नियुक्त

बिहिबार, १७ कार्तिक २०७९

बिहिबार, १७ कार्तिक २०७९

एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशन कुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई सीइओमा पुनःनियुक्त गरेको हो ।



बैक संचालक समितिले हाल बैंकको सीईओको रुपमा कार्यरत रहेका न्यौपानेलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी पुनः सीईओमा ४ वर्ष अवधिको लागि नियुक्तगरेको हो ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा एनआईसीमा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै न्यौपाने सीईओ हुन सफल भएका थिए । बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए ।

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका व्यक्ति हुन् ।

रणनीतिक तथा दीर्घकालिन सोच, कार्यक्षमतामा निपूर्णता तथा कुशल व्यवस्थापकीय क्षमतायुक्त न्यौपानेले बैंकलाई नयाँ उचाईमा पु¥याउन सफल हुँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अवार्ड र सम्मानबाटसमेत प्राप्त गरेका छन् । नेपालको बैंकिङ क्षेत्रमा गरेका विशेष योगदानको मुल्यांकन गर्दै न्यौपानेलाई सरकारले प्रवल जन सेवा श्री चतुर्थबाट विभूषित गरेको थियो । त्यसैगरी न्यौपानेलाई म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान) ले प्रदान गर्ने ‘म्यानेजर अफ दि इयर २०२२’ र ‘कर्पोरेट बिजनेस अवार्ड २०२१’ मा ‘कर्पोरेट सीईओ अफ द इयर, २०७८’ बाट समेत सम्मानित गरेको छ । उनी बेलायतस्थित ग्लोबल बिजनेस आउटलुकले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको ‘बैंकिङ सीईओ अफ द इयर २०२१’ बाट समेत सम्मानित भइसकेका छन् ।

न्यौपाने नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट