साउदी अरबले मृत्युदण्ड दिएको उदयपुरका दाहालको अपराध के थियो?-Sutra News

साउदी अरबले मृत्युदण्ड दिएको उदयपुरका दाहालको अपराध के थियो?

बिहिबार, १७ कार्तिक २०७९

बिहिबार, १७ कार्तिक २०७९

काठमाडौं– वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर १५ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहालले मृत्युदण्ड पाएका छन्। साउदी कानुनअनुसार उनलाई मृत्युदण्ड दिइएको र शव दफन गरिएको सूचना नेपाली दूतावासलाई दिइएको थियो।



नेपाल सरकारले उनलाई मृत्युदण्ड नदिनका लागि गरेको आग्रह त्यहाँको सरकारले स्वीकार गरेन। मृत्युदण्ड दिइएको ४८ घन्टापछिमात्र नेपाली दूतावासलाई सूचना दिइएको थियो।

मृत्युदण्ड पाएका दाहालको अपराध सहकर्मीको हत्या गर्नु रहेको थियो। मोरङका आफन्त पर्ने राजेन्द्र विष्टको सन् २००७ मा हत्या गरेको र सो क्रममा सुडानका नागरिकको आँखामा क्षति पुराएको आरोप दाहाललाई थियो। सोही अपराधमा उनलाई जेलमा राखि सजायको घोषणा गरिएको थियो। हाल आएर कार्यान्वयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट