काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से स्रूचक १.१९ अंकले बढेको छ । याे वृद्धिसँगै सूचक १९३९.५० विन्दुमा आइपुगेको छ ।
बिहीबारकाे बिहानी सेसनमा तीन लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको सात सय ९७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कुल सातवटा कारोबार भएको छ । यस सेसनमा दुई कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।