स्कुलको बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएका बालकको मृत्यु-Sutra News

स्कुलको बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएका बालकको मृत्यु

बिहिबार, १७ कार्तिक २०७९

बिहिबार, १७ कार्तिक २०७९

काठमाडौं – काठमाण्डौको लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ ।



हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट