काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का गएको मंगलबार आमा बनिन् । उनले ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिइन् । छोरीको जन्मपछि खुशी भएका श्वेता दम्पतीले सामाजिक सञ्जालमा छोरीको तस्बिर शेयर गरिरहेका छन् ।
बिहीबार उनीहरुले छोरीको नामकरण पनि गरेका छन् । उनीहरुले छोरीको नाम ‘ब्रायना’ राखेका छन् । आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने बुझिन्छ । उनले छोरीको नाम राख्न आफूलाई चिकित्सक र नर्सले राखेको बताएकी छिन् ।
उनले लेखेकी छिन् – ‘संसारका विभिन्न भागबाट सबै शुभचिन्तकले यति धेरै माया र आशिर्वाद दिनुभएको छ । हामी निकै धन्य छौं । यो सम्पूर्ण क्षण म र मेरो बच्चाको लागि जादूयी छ । सबैलाई धन्यवाद ।’
श्वेताले दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् ।