काठमाडौं । इन्डियन आयल कर्पोरेसन लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमले जारी गरेको सूचनामा नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ०.६१ रुपैयाँ प्रतिलिटर, डिजेलमा ५.७६ रुपैयाँ प्रतिलिटर मट्टीतेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको जनाएको छ ।
यस्तै हवाई इन्धनमा ४.७७ रुपैयाँ प्रति लिटर बढेर आएको निगमले जनाएको छ । निगमले सूचनामा हाल डिजेलमा प्रतिलिटर १२.१४ रुपैयाँ र लपी ग्याँसमा प्रतिसिलिन्डर २२८.८४ रुपैयाँ घाटा भइरहेको जनाएको छ ।