काठमाडौं। आगामी ४ मंसिरमा हुन लागिरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरु संकटमा परेका छन्। चुनाव खर्च भन्दै नेपालका राजनीतिक पार्टीका नेताहरुले पैसा माग्न थालेपछि एनआरएनए का पदाधिकारीहरु तनावमा परेका हुन् । निर्वाचनमा उम्मेदावरी दिएका नेताहरुले ‘चुनाव खर्च दिनुपर्यो’ भन्दै बारम्बार ताकेता गर्न थालेको एनआरएनएका पदाधिकारी बताउँछन् । ।
एनआरएनएका एक पदाधिकारीले पीडा सुनाउँदै भने ‘हैरान बनाएका छन्। सहयोग गर्नुपर्यो भनेर। एउटालाई मात्र गरेर पनि नहुने,’ यसरी पैसा माग्नेहरुमा सत्ता गठबन्धबाट उम्मेदवारी दिएका नेताहरु बढी रहेको उनीहरु बताउँछन् ।
उनले भने ‘तपाईँहरुलाई एनआरएनएमा अगाडी बढाउन हामिले पनि सहयोग गरेका थियौं। पछि पनि तपाईलाई सहयोग रहनेछ। यसपालि चाँहि हामिलाई सहयोग गर्नुहोस् भन्दै पैसा मागिरहेका छन्,’ उनले थपे ‘अब सिधै नाइ भन्न पनि नमिल्ने। मागे जत्ति पैसा दिन पनि नसकिने। धेरै मुस्किल परिरहेको छ।’
नेपाली कांग्रेस र माओवादी मात्र होइन एमालेका उम्मेदवारहरुले पनि पैसा मागेर एनआरएनएका नेताहरुलाई तनावमा पारिरहेका छन्।बारम्बार पैसा माग्न थालेपछि एनआरएनएका पदाधिकारीले पार्टीका नेता तथा उम्मेदवारको फोन नै उठाउन पनि छोडेका छन् ।
अरु समयमा राजनीतिक पार्टीका नेताहरु भेट्न मरिहत्ते गर्ने एनआरएनएका पदाधिकारीहरु अहिले चुनावको बेला भने ‘गुप्तवास’ बस्न थालेको स्रोतको भनाई छ । स्रोतका अनुसार अहिले नेपालमै भएका पदाधिकारी पनि गुपचुप बसेका छन्। स्रोतले भन्यो ‘नेता भेट्दा वित्तिकै पैसा माग्छन्। नेपालमै भएकाहरु पनि लुकेर बस्नुपर्ने बाध्यता छ ।
यसरी चुनाब खर्च भन्दै नेता र पार्टीले आज मात्र होइन Nrna को सुरुवाती दिन बाटै थियो। ठुला पार्टिका ठुला युवा नेता देखि नेताका छोराछोरी पनि Nrn हरु सङ्ग चंदा उठाउने गर्थे,भाबी प्रधानमन्त्रीका आकान्छी हरु पनि कम थिएनन् । यो रोग पुरानै हो। कति नेताको लागि प्रवासमा तिन्का भात्रु संगठन र कार्यकर्ता हरु ले क्याम्पिङनै चलाउने गर्थे आज पनि गर्दैछन् ।