काठमाडौंमा छतमा बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु-Sutra News

काठमाडौंमा छतमा बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

आइतबार, २० कार्तिक २०७९

आइतबार, २० कार्तिक २०७९

काठमाडौं – काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा रोखेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरी छन् । शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट