पुकार बमदेखि सागर ढकालसम्मलाई विकल्प देख्ने निर्देशक बस्नेत, बुढा नेतालाई विदा गर्न चहान्छन्-Sutra News

पुकार बमदेखि सागर ढकालसम्मलाई विकल्प देख्ने निर्देशक बस्नेत, बुढा नेतालाई विदा गर्न चहान्छन्

आइतबार, २० कार्तिक २०७९

आइतबार, २० कार्तिक २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको प्रचार र मत माग्ने काम जारी छन्। विभिन्न क्षेत्रका व्यक्तिले राजनीतिमा चासो देखाएका छन्।



यस्तो चासो फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतले पनि देखाएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएका छन्।

काठमाडौं–१ मा स्वतन्त्र पार्टीका उम्मेदवारको चुनावी प्रचारमा सहभागी भएका बस्नेत प्रधानमन्त्री शेरबहादुर देउवा उठेको डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई जिताउन अपिल गरिरहेका छन्।

उनले सामाजिक सञ्जाल मार्फत लेख्छन्,‘ प्रश्न सोध्दा “तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’’ भन्ने नेता चाहिएको छ कि भविष्यको योजनामा काम गर्न सक्ने जोश जाँगर भएको सक्षम युवा? डडेल्धुरा बाट सिररिन्च चिन्ह बोकेर उठेका छन् सागर ढकाल, विकल्प छ यसपाली, सोचेर मतदान गर्न अनुरोध।’

बस्नेतको यो अपिलले मुख्य दलका बुढा नेता विदा गरी सक्षम युवा राजनीतिमा अगाडि आउनुपर्छ भन्ने बस्नेतको चाहना छ। स्थानीय तहको निर्वाचनमा पनि उनले स्वतन्त्र उम्मेदवारको पक्षमा लविङ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट