जन्मदिनमा आकाशलाई सुनको बर्षा : फ्यानले उपहारमा दिए ब्रासलेट, औंठी र टप-Sutra News

जन्मदिनमा आकाशलाई सुनको बर्षा : फ्यानले उपहारमा दिए ब्रासलेट, औंठी र टप

आइतबार, २० कार्तिक २०७९

आइतबार, २० कार्तिक २०७९

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता आकाश श्रेष्ठले शनिबार आफ्नो जन्मदिन मनाएका छन् । २९ बर्ष पुगेका आकाशले शनिवार भव्य कार्यक्रम गरी केक काटेर जन्मदिन मनाएका थिए ।



उनको जन्मदिन काठमाडौंको एवान भेन्यु पार्टी प्यालेसमा मनाइएको थियो । जन्मदिन कार्यक्रममा विभिन्न कलाकारहरु उपस्थित भएका थिए । खरानी रङको सुटमा सजिएका आकाशले जन्मदिनमा महँगो गिफ्टहरु पाएका थिए ।

उनलाई फ्यानले फूलको माला र खादा मात्र लगाइदिएनन् सुनको ब्रासलेट, औंठी र टप पनि लगाइदिए । आफूलाई आएको गिफ्ट हेर्दा आकाश आफै अचम्मित परे । गिफ्टमा पाएको ब्रासलेट, औंठी र टप एक महिलाले लगाइदिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट