४३ यात्रु बोकेको विमान लेक भिक्टोरियामा दुर्घटना-Sutra News

४३ यात्रु बोकेको विमान लेक भिक्टोरियामा दुर्घटना

आइतबार, २० कार्तिक २०७९

आइतबार, २० कार्तिक २०७९

तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ।



उक्त दुर्घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दुईजना पाइलटहरू जीवितै रहेको भएपनि उनीहरू ककपिटमा फसिरहेको र तीनले स्थानीय अधिकारीहरूसँग कुरा गरिरहेको जनाइएको छ।

उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा २६ जना मानिसहरूको उद्धार गरिएको र तीनलाई अस्पताल पठाइएको उल्लेख गरेका छन्।

सो विमानमा ४३ जना सवार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट