डिस्चार्ज भए सरिफ खान-Sutra News

डिस्चार्ज भए सरिफ खान

सोमबार, २१ कार्तिक २०७९

सोमबार, २१ कार्तिक २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ खान अस्पतालबाट डिस्चार्ज भएका छन् । तीन दिनअघि एक चुनावी ह्यालीमा गोली लागेर घाइते भएका खान उपचारपछि डिस्चार्ज भएका हुन् । उनको खुट्टामा गोली लागेको थियो । उनीमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक–ए–इन्साफले जनाएको छ ।



पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन् ।  एक स्थानीय टिभी च्यानलले खान ह्वीलचेयरमा लाहोर क्लिनिकबाट बाहिर निस्किएको देखाएको छ ।

७० वर्षीय खानमाथि  बिहीबार पूर्वीसहर वजिराबादमा बाक्लो भीडमा एक राजनीतिक कार्यक्रममा गोली प्रहार भएको थियो ।
गत अप्रिलमा सत्ताच्युत भएसँगै राजनीतिक सरगर्मी बढेको पाकिस्तानमा उनीमाथि गोली प्रहार भएपछि थप अस्थिरता बढ्ने संकेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट