एजेन्सी – उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई “खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास“ को रूपमा वर्णन गर्दै ती देशलाई “दीगो, दृढ, र भारी“ सैन्य कारबाहीका साथ जवाफ दिने धम्की दिएको छ।
उक्त अभ्यासलाई कोरियाली जन सेनाका जनरल स्टाफले ‘उत्तर तर्फ जानाजानी तनाव बढाउने उद्देश्यले गरिएको खुला उत्तेजना’ भनेका छन् । उनले त्यसलाई ‘आक्रामक प्रकृतिको खतरनाक युद्ध अभ्यास’ समेत भनेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।
रोयटर्सका अनुसार यो चेतावनी उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको बीचमा आएको छ । अमेरिका र दक्षिण कोरियाबीचको सबैभन्दा ठूलो वायुसेना अभ्यास समाप्त भएको भोलिपल्ट उत्तरले चार ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो ।