विश्वकपका कारण कतारमा अफिस समय परिवर्तन-Sutra News

विश्वकपका कारण कतारमा अफिस समय परिवर्तन

सोमबार, २१ कार्तिक २०७९

सोमबार, २१ कार्तिक २०७९

काठमाडौं – फिफा विश्वकप २०२२ को तयारीको लागि कतार सरकारले सरकारी कार्यालयहरु खुल्ने समय परिवर्तन गरेको छ । कतार सरकारले विश्वकप आयोजना हुने अवधिभर सरकारी कार्यालय खुल्ने समय परिवर्तन गरेको दोहास्थित नेपाली दूतावासले जनाएको हाे ।



सरकारी कार्यालय खुल्ने समय परिवर्तन भएपछि कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका सेवाग्राहीलाई परिवर्तन भएको समय अनुसार सेवा लिन अनुरोध गरेको छ ।

‘फिफा विश्वकप २०२२ को तयारीका लागि सरकारी कार्यालयहरु खुल्ने समयमा परिवर्तन गर्ने बारे कतारको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई ध्यानमा राख्दै २०७९ कात्तिक २७ देखि पुस ४ गतेसम्म दूतावास स्थानीय समयअनुसार विहान ७ बजेदेखि ११ बजेसम्म खुला रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी पुस ५ गतेदेखि दूतावास पूर्ववत नियमित कार्यालय समयअनुसार खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट