कामठाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठक १ बजेलाई सारिएको छ।
नेकपाका एकजना स्थायी कमिटी सदस्य अनुसार बैठकअघि केही समय शीर्ष नेताहरु अनौपचारिक छलफलमा रहने भएकाले समय केही सारिएको हो।
पार्टी स्थायी कमिटीकाे बैठक आज साउन ६ गते १:०० बजेसम्मका लागि स्थगित भएकाे छ ।
— Surya Thapa (@ThapajiSurya) July 21, 2020
स्थायी कमिटी बैठक यसअघि मंगल ११ बजे बोलाइएको थियो।
अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि ११ असारदेखि सुरु भएको स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न सकिरहेको छैन।