गत साता वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार अघिल्लो हप्ता १७ अर्ब १३ करोड रुपैयाँले घटेको निक्षेप गत हप्ता बढेको हो ।
त्यस्तै, गत हप्ता ११ अर्ब २५ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ। अघिल्लो हप्ता ५६ करोड रुपैयाँ कर्जा बढेको थियो ।
कात्तिक पहिलो साता वाणिज्य बैंकहरुमा ६ अर्ब २४ करोड रुपैयाँले निक्षेप घटेको थियो भने ४ अर्ब ५४ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण वाणिज्य बैंकहरुमा निक्षेप बढेको बैंकर्स एसोसिएसनको अनुमान छ ।