राधी विद्युतको २९ कात्तिकदेखि १३ लाख कित्ता सेयर लिलामी खुल्दै-Sutra News

राधी विद्युतको २९ कात्तिकदेखि १३ लाख कित्ता सेयर लिलामी खुल्दै

मंगलबार, २२ कार्तिक २०७९

मंगलबार, २२ कार्तिक २०७९

काठमाडौं – राधी विद्युत कम्पनीले २९ कात्तिकदेखि सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद मंसिर ७ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।



राधी विद्युतले गत असोज ५ गतेदेखि १४७५ हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, मुक्तिनाथ विकास बैंक लिमिटेडका शाखा कार्यालयहरु ठिमी, कामारीपाटी,इटहरी, विराटनगर,इलाम, विर्तामोड, विरगंज, जनकपुर, नारायणगढ,हेटौँडा,पृथ्विचोक– पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगन्ज, घनगढी, तुल्सीपुर, सुर्खेत र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट