अभिनेत्री उपासनाले लगाएको पहिरनको चर्चा, विरोध पनि गरियो-Sutra News

अभिनेत्री उपासनाले लगाएको पहिरनको चर्चा, विरोध पनि गरियो

मंगलबार, २२ कार्तिक २०७९

मंगलबार, २२ कार्तिक २०७९

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् उपासना सिंह ठकुरी । हरेक चलचित्रबाट वाहवाही पाएकी उपासनाको पछिलो रिलिज चलचित्र ‘दुई नम्बरी’ लाई पनि दर्शकले निकै रुचाए ।



अब उनको अर्को चलचित्र ‘डिसेम्बर फल्स’ पनि रिलिजको तयारीमा रहेको छ। यस चलचित्रको एक गीतको छायांकन हालै मात्र भक्तपुर दरबार स्क्वायरमा गरिएको छ । यस गीतमा नायक आर्यन सिग्देल र उपासनाको अभिनय रहेको छ ।

चार घन्टा कुराएर’ बोलको गीतको छायांकनमा उपासनाले लगाएको एक ड्रेसको अहिले निकै चर्चा छ । छायांकनका क्रममा उपासनाले टिकटकमा पोष्ट गरेको एक भिडियोमा विभिन्न प्रतिक्रियाहरु आएका छन् ।

उनले स्वयम्वुनाथ प्रिण्टेट लेहेंगा लगाएकी छिन् । पहिरनमा बौद्ध स्तुपा, स्वयंम्भु मन्दिरको चित्र प्रयोग गरिएको छ । प्रतिक्रियामा अधिकांशले उपासनाले लगाएको पहिरनमा भगवानको अबमुल्यन गरेको भन्दै विरोध गरिएको छ । ‘डिसेम्बर फल्स’ पौषको १५ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट