१४०० रुपैयाँले बढ्यो सुनको मूल्य-Sutra News

१४०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, २३ कार्तिक २०७९

बुधबार, २३ कार्तिक २०७९

काठमाडौं, २३ कात्तिक । सुनकाे मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेकाे छ । म‌ंगलबारकाे तुलनामा बुधबार सुनकाे मूल्य ताेलामा एक हजार ४०० रुपैयाँले बढेकाे पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।



म‌ंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साेमबारकाे तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट