विश्व इतिहासमा आजः चीन विश्व व्यापार संगठनको सदस्यदेखि बोलिभियाली नेताको राजीनामा-Sutra News

विश्व इतिहासमा आजः चीन विश्व व्यापार संगठनको सदस्यदेखि बोलिभियाली नेताको राजीनामा

बिहिबार, २४ कार्तिक २०७९

बिहिबार, २४ कार्तिक २०७९

आज १० नोभेम्बवर । प्रस्तुत छ आज इतिहासमा भएका केही महत्वपूर्ण विश्व घटनाः



विलमिङटन नरसंहार
अमेरिकामा सन् १८९८ मा एउटा नरसंहार मच्चिएको थियो । निर्वाचनमार्फत द्विजातीय सहर परिषदको स्थापनापछि नरसंहार भएको थियो । परिषद स्थापनाको बिरोधमा अश्वेतहरुले परिषद भवन भत्काउनुका साथै  प्रशस्त सम्पत्ति तोडफोड गरेका थिए । गोराले दर्जनौ अश्वेतहरुको हत्या गरेका थिए  ।

अमेरिकी समुद्री सेनाको स्थापना
अमेरिकी क्रान्तिकारी युद्धको समयमा सन् १७७५ मा अमेरिकाले समुद्र र वायुमा पनि सञ्चालन हुने सैन्य फौज स्थापना गरेको थियो ।

बोलिभियाली नेताको राजीनामा
बोलिभियाका नेता तथा पहिलो आदिवासी राष्ट्रपति इभो मोरल्सले सन् २०१९ को १० नोभेम्वरमा राजीनामा दिएका थिए । चौथो कार्यकालका लागि निर्वाचित भएका इभोमाथि  निर्वाचनमा धाँधली गरेको आरोप लागेको थियो ।

चीन विश्व व्यापार संगठनको सदस्य
आजकै दिन चीन विश्व व्यापार संगठनको सदस्य भएको थियो । १५ वर्षको छलफलपछि सन् २००१ को नोभेम्वरमा  चीनको सदस्यता अनुमोदन भएको थियो । त्यसको भोलीपल्ट ताइवानको सदस्यता स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट