चुनावी रणभूमिमा अर्बपति विनोद चौधरी र हृदयेश त्रिपाठीको कडा प्रतिस्पर्धा, हार्छुकी भन्ने चौधरीलाई डर-Sutra News

चुनावी रणभूमिमा अर्बपति विनोद चौधरी र हृदयेश त्रिपाठीको कडा प्रतिस्पर्धा, हार्छुकी भन्ने चौधरीलाई डर

बिहिबार, २४ कार्तिक २०७९

बिहिबार, २४ कार्तिक २०७९

काठमाडौं – निर्वाचनको मिति नजिकिँदै गर्दा अहिले चुनावी माहोल तात्तिदै गएको छ । देशभर विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसार र मतदान माग्नमा व्यस्त छन् । यसैबीच अहिले धेरैको ध्यान पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ को चुनावी माहोलमा पनि गएको छ ।



यहाँ उम्मेदवारद्वय विनोदकुमार चौधरी र हृदयेश त्रिपाठी चुनावी रणभूमिमा आमनेसामने छन् । उद्योगपति एवं अर्बपति चौधरी नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन् भने त्रिपाठी जनता प्रगतिशील पार्टीबाट चुनावी मैदानमा छन् ।

लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवारसमेत रहेका चौधरी अहिले मत माग्न किसानका घरघरमा पुगेका छन् । चौधरीले लोकतान्त्रिक वाम–गठबन्धनबाट उम्मेदवारी दिए पनि उनले निर्धक भएर ‘म चुनाव जित्दैछु’ भन्न सकेका छैनन् ।

यस्तै उनसँगको प्रतिस्पर्धामा त्रिपाठीले नेकपा एमालेको समर्थनमा उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट लामो समयदेखि राजनीति गर्दै आएका त्रिपाठी पनि म चुनाव जित्छु भन्नसक्ने अवस्थामा छैनन्। मधेसको मुद्दामा लामो समय राजनीति गर्दै पाँच पटक विजयी हासिल गरेका त्रिपाठी २०७४ सालको निर्वाचनदेखि एमालेको सहारामा चुनाव लड्न बाध्य छन् ।

विसं २०७४ को निर्वाचनमा त्रिपाठीले सूर्य चिह्न लिएर विजयी भएका थिए । अहिले उनी आफ्नै पार्टीको चुनाव चिह्न कोदालो बोकेको किसान लिएर चुनावी मैदानमा छन् । अहिले यस क्षेत्रमा मूख्य चौधरी र त्रिपाठीबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट