काठमाडौं– नेपाली सांगितिक क्षेत्रका जोडी बबिता बानियाँ जेरी र शंकर क्षेत्रीले बिहीबार औपचारिक रुपमा डिभोर्स गरेका छन्। जिल्ला अदालत काठमाडौंमा पुगेर दाम्पत्य जीवन टुंग्याएका हुन्।
सहमतिमा नै डिभोर्स गरिएको दुवैले बताएका छन्। बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ।
जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो। तीन बर्षमा नै यो जोडी अलग भएको छ।