पशुहरूलाई तस्वीर देखाएर मानव अनुहार चिन्न सिकाउन सकिने भएको छ ।
यो सोचका साथ बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले भेडाहरूलाई अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र बेलायती अभिनेत्री एम्मा वाट्सनको अनुहार चिन्ने प्रशिक्षण दिएका छन् ।
यो अध्ययनले भेडाहरूको ज्ञान र कौशल जाँच्नका लागि अनेकौं परीक्षण गरिएका छन् ।
बेलायतमा क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूका अनुसार, अलि ठूला आकारका मस्तिष्क भएका तथा दीर्घायु भएकाले भेडाहरू स्नायुरोगको अध्ययनका लागि राम्रो नमूना हुन् ।
अनुसन्धानकर्ताहरूले आठवटा भेडालाई प्रशिक्षण दिएपछि सेलेब्रिटीका अनुहार र अन्य अनुहारका दुईवटा तस्वीर देखाए । त्यसमा १० मा आठचोटि सेलेब्रिटीको सही तस्वीर छाने ।
‘रोयल सोसाइटी : ओपन साइन्स’ पत्रिकामा प्रकाशित अध्ययनको नेतृत्व गर्ने प्राध्यापक जेनी मार्टनले भनिन्, ‘भेडाहरूसँग समय बिताउने व्यक्तिले उनीहरू बुद्धिमान् हुने र आफ्नो गोठालालाई मज्जाले चिन्न सक्षम हुने थाहा पाउँछ ।’