५ बर्षपछि नेपालले पहिलो पटक यु–१९ क्रिकेट विश्वकप आयोजना गर्ने-Sutra News

५ बर्षपछि नेपालले पहिलो पटक यु–१९ क्रिकेट विश्वकप आयोजना गर्ने

आइतबार, २७ कार्तिक २०७९

आइतबार, २७ कार्तिक २०७९

काठमाडौं– नेपालले पहिलो पटक यु–१९ महिला विश्वकप सन् २०२७ मा आयोजना गर्ने अवसर पाएको छ।



अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बंगलादेशसँग मिलेर नेपालले विश्वकप आयोजन ागर्न लागेको हो।

टी–२० विश्वकप आयोजना गर्ने मुलुकको सूची सार्वजनिक भएको हो।

२०२४ को यू–१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु–१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्।

सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु–१९ महिला टी२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन्।

२०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू१९ महिला टी२० विश्वकप आयोजना हुन लागेको छ। नेपालले पहिलो पटक कुनै पनि अन्तर्राष्ट्रिय विश्वकप आयोजना गर्ने यो पहिलो अवसर पाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट