काठमाडौं– ¥याप गायक मिलनजंग कुँवर हप्याकलाई झारफुक गर्ने क्रममा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई इलाका प्रहरी कार्यालय कावासेतीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने छ।
झाँक्रीले अगुल्टो झोस्दा मुख र ओठ जलेको भन्दै ¥यापर हप्याकको परिवारले प्रहरीमा उजुरी दिएको थियो। हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
टेलिभिजन रियालिटी शो नेपहपको श्रीपेचबाट चर्चामा आएका हप्याक युवापुस्तामाझ चर्चित छन्।