अर्बपति तथा ट्वीटरका नयाँ मालिक मस्कले जी २० को साइडलाइन बैठकलाई सम्बोधन गर्ने-Sutra News

अर्बपति तथा ट्वीटरका नयाँ मालिक मस्कले जी २० को साइडलाइन बैठकलाई सम्बोधन गर्ने

आइतबार, २७ कार्तिक २०७९

आइतबार, २७ कार्तिक २०७९

एजेन्सी – अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलोन मस्क जी २० शिखर सम्मेलनको साइडलाइन बैठकमा सहभागी ह’नेछ । उनी  इन्डोनेसिया जाने छैनन् बरु भर्चुअल रूपमा उपस्थित हुने एक वरिष्ठ इन्डोनेसियाली अधिकारीले बताए । इलेक्ट्रिक कार निर्माता टेस्लाका समेत मालिक मस्कले बालीको रिसोर्ट टापुमा बी २० व्यापार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ ।



विश्वको सबैभन्दा धनी व्यक्तिले सोमबार बी २० मा इन्डोनेसियाली टाइकुन अनिन्द्य बकरीसँग “वैश्विक प्राविधिक आविष्कारको भविष्यमा अवरोध“ विषयमा एक घण्टा लामो भर्चुअल छलफलमा भाग लिने मस्को सचिवालयले जनाएको छ ।

बी २०ले अमेजनका संस्थापक जेफ बेजोस, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई सहभागीको रूपमा सूचीबद्ध गरेको छ ।इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले यस वर्षको सुरुमा टेस्लाले देशको निकेल उद्योगमा लगानी गर्ने बारे कुराकानी गर्न मस्कलाई भेट्न टेक्सासको यात्रा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट