भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा-Sutra News

भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

आइतबार, २७ कार्तिक २०७९

आइतबार, २७ कार्तिक २०७९

इन्डोनेसिया – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिनु हुनेभएको छ । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ ।



‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोज कुमार भारतीले एएनआईलाई बताउनु भएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी२० शिखर सम्मेलनमा भाग लिनु हुने छ र यहाँ उहाँले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहने छ’ भारतीले एएनआईलाई बताउनु भएको छ ।

‘प्रधानमन्त्री मोदीको जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी२० को अध्यक्षता लिन लागेको छ । भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छु’, भारतीय राजदूत भारतीे भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट