इंग्ल्यान्डले जित्यो टी२० विश्वकपको उपाधि-Sutra News

इंग्ल्यान्डले जित्यो टी२० विश्वकपको उपाधि

आइतबार, २७ कार्तिक २०७९

आइतबार, २७ कार्तिक २०७९

अष्ट्रेलियामा भर्खरै सम्पन्न टी २० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ । मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको हो ।



फाइनलमा इंग्ल्यान्डले कसिलो बलिङ गरेपछि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएपछि इंग्ल्यान्डले १३७ रनको लक्ष्य पाएको थियो ।

८० हजार ४६२ दर्शकमाझ भएको फाइनल खेलको जवाफमा औषत सुरुआत गरेको इंग्ल्यान्डले एक ओभर बाँकी रहँदै पाँच विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको हो ।

मैदानमा उपस्थित ८०,००० भन्दा बढी दर्शकको अगाडि सानो स्कोरको रक्षा गर्दै शाहिन शाह अफ्रिदी र हरिस रउफले बलको साथमा पाकिस्तानी टोलीलाई राम्रो सुरुवात गराए। पाकिस्तानका बलरले खेल रोमाञ्चक बनाए पनि बेन स्टोक्सले इंग्ल्याण्डलाई जित दिलाए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट