विश्व इतिहासमा आज-Sutra News

विश्व इतिहासमा आज

सोमबार, २८ कार्तिक २०७९

सोमबार, २८ कार्तिक २०७९

मरिन ९ यान अन्तरिक्षमा



सन् १९७१ को नोभेम्बर १४ अर्थात आजकै दिन  नासाको मरिनर ९ नामक अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको १६७ दिनपछि मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो । मंगल ग्रहको कक्षभित्र अनुसन्धान गरि त्यहाँका तस्बिर पृथ्वीमा पठाउने उदेश्यले सो यान अन्तरिक्षमा पुगेको थियो । तर, ग्रहमा अत्यधिक धुलोका कारण उक्त यानले केही साता मंगल ग्रहको तस्बिरहरू लिन असफल भएको थियो ।

एपोलोको चन्द्र मिसन

सन् १९६९–नासाको मानवसहितको यान एपोलो–१२ को चन्द्र मिसन सुरु गरेको थियो । उक्त यान १९ नोभेम्बरमा चन्द्रमामा अवतरण गरेको थियो ।

 

चाल्र्सको जन्म

सन् १९४८ मा वेलायतका नयाँ राजा चाल्र्सको जन्म भएको थियो । एलिजाबेथ द्वितीय र राजकुमार फिलिपको जेस्ठ सन्तानको रुपमा जन्मिएका चाल्र्स यसै वर्ष महारानीको निधनपछि  बेलायतमा राजा घोषित भएका छन्  ।

 

पहिलो जी २० सम्मेलन

सन् २००८– अमेरिकाको वासिंगटन डिसीमा पहिलो जी २० आर्थिक सम्मेलन आयोजना भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट