अमेरिकी डलरको मूल्य सोमवार (आज) स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमवारको लागि विदेशी मुद्राको विनिमयदर अनुसार आज मूल्य स्थिर रहेको हो । आज अमेरिकी १ डलर (dollar)को खरिददर १२८ रूपैयाँ ९८ पैसा छ भने विक्रीदर १२९ रूपैयाँ ५८ पैसा छ । आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो ।
आज युरो र पाउण्ड स्टर्लिङको भाउ भने बढेको छ । आज युरोको भाउ १ रूपैयाँ २ पैसाले बढेको छ । आज प्रतियुरो खरिददर १३३ रूपैयाँ ५५ पैसा र विक्रीदर १३४ रूपैयाँ १७ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरिददर १३२ रूपैयाँ ५३ पैसा र विक्रीदर १३३ रूपैयाँ १४ पैसा कायम भएको थियो ।
आज पाउण्ड स्टर्लिङको भाउ ९८ पैसाले बढेको छ । आज प्रतिपाउण्ड स्टर्लिङको खरिददर १५२ रूपैयाँ ६७ पैसा र विक्रीदर १५३ रूपैयाँ ३८ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड स्टर्लिङको खरिददर १५१ रूपैयाँ ६९ पैसा र विक्रीदर १५२ रूपैयाँ ४० पैसा कायम भएको थियो ।