युएइले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दियो-Sutra News

युएइले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दियो

सोमबार, २८ कार्तिक २०७९

सोमबार, २८ कार्तिक २०७९

काठमाडौँ – संयुक्त अरब इमिरेटस (युएई)ले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि किकेट मैदानमा युएईविरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा युएईले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको हो ।



टस हारेर पहिले व्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रनको योगफल बनायो । युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए । ७३ बल खेलेका उनले सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएका हुन् । त्यसैगरी मोहम्मद वासिमले ४४ रन जोडे भने वृत्य अरविन्दले ४० रन जोडे । एलिसान सारिफुलले २९, अमेद राजाले २७ तथा आयन अफजल खानले २६ रन बनाए ।

बलिङतर्फ नेपालका गुल्शन झाले दुई विकेट लिए भने सोमपाल कामी र दिपेन्द्र सिहं ऐरीले समान एक विकेट झारे । घरेलु मैदानमा नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । जसअनुसार नेपालले दोस्रो खेल कात्तिक ३० गते खेल्नेछ भने तेस्रो खेल मङ्सिर २ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट