भारतसँगको सीमानाका चारदिन बन्द रहने-Sutra News

भारतसँगको सीमानाका चारदिन बन्द रहने

सोमबार, २८ कार्तिक २०७९

सोमबार, २८ कार्तिक २०७९
फाइल तस्बिर

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ ।



४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चारदिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ । निर्णयविरुद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट