काठमाडौँ । फिल्म ‘राजा’ बन्ने भएको छ ।
एमालेका नेता परशुराम बस्नेत, हल सञ्चालक नरेन्द्र महर्जन र व्यवसायी दीपेन्द्र अग्रवालको सहकार्यमा एक्सन फिल्म ‘राजा’ बन्ने भएको हो ।
फिल्मको प्रमुख भूमिकामा राज कटुवाल तय भएका छन् भने नायिकाको खोजी भइरहेको बताइएको छ । उक्त फिल्मको आगामी फागुनदेखि छायांकन सुरु हुनेछ ।
फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् । त्यस्तै फिल्मको पटकथा दिवाकर भट्टराईले लेख्दै छन् ।