खोटाङमा एमालेका विशाल भट्टराई र गठबन्धनका रामकुमारबीच कडा भीडन्त, कसले जित्ला ?-Sutra News

खोटाङमा एमालेका विशाल भट्टराई र गठबन्धनका रामकुमारबीच कडा भीडन्त, कसले जित्ला ?

मंगलबार, २९ कार्तिक २०७९

मंगलबार, २९ कार्तिक २०७९

काठमाडौं – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन नजिकै आइसकेको छ । देशभरबाट उठेका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आआफ्नो एजेण्डासहित उम्मेदवारहरु मतदाताको घरमा पुगेर भोट मागिरहेका देखिएको छ ।



यसैबीच अहिले खोटाङमा पनि अहिले धेरैको ध्यान गएको छ । खोटाङमा नेकपा एमालेका विशाल भट्टराई उम्मेदवार बनेका छन् । उनीको प्रतिस्पर्धीको रुपमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ उठेका छन् ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ ।

गठबन्धनबाट उठेका राई यसअघि विसं २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा ९२०बाट निर्वाचित भएका थिए । यस्तै भट्टराई पनि विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका थिए भने विसं २०७० र २०७४ मा विजयी भएका थिए । यस्तै यस क्षेत्रबाट अन्य उम्मेदवारहरु पनि छन् ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिएका छन् भने प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा (२)मा छ नेता चुनावी मैदानमा छन् ।

यस जिल्लामा नै वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । दश स्थानीय तह रहेको यस जिल्लामा गत स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तह वाम–लोकतान्त्रिक गठबन्धनले जितेका थियो । अब यहाँ गठबन्धन र एमालेबीच भएको प्रतिस्पर्धामा कसले काजी मार्छ हेर्न बाकीँ नै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट