‘इभि नेपाल एक्स्पो’ मंसिर १६ गतेदेखी भृकुटीमण्डपमा हुँदै-Sutra News

‘इभि नेपाल एक्स्पो’ मंसिर १६ गतेदेखी भृकुटीमण्डपमा हुँदै

बुधबार, ३० कार्तिक २०७९

बुधबार, ३० कार्तिक २०७९

विद्युतीय सवारी साधन तथा यससँग सम्बन्धित उत्पादन गरिएको सामग्रीको बृहत मेला ‘इभि नेपाल एक्स्पो’ हुने भएको छ । एस.डी एक्स्पो मिडियाको आयोजनामा मंसिर १६, १७ र १८ गते काठमाडौंको भृकुटिमण्डपमा एक्स्पो हुने भएको हो ।



यस एक्स्पोलाई विद्धुतिय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको सबैभन्दा ठुलो प्रदर्शनी भएको आयोजकले जनाएको छ । एक्स्पोको सह–आयोजक इण्डियन इक्जिबिसन सर्भिसेस रहेको छ भने अटो नेपाल, पावर टक, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फ्युचरले सहकार्य गरेका छन् ।

२०२० मा हुनु पर्ने यस प्रदर्शनी कोभिड–१९ (कोरोना) महामारीका कारण २ बर्षपछि हुन लागेको आयोजकले जानकारी दिंदै यस प्रदर्शनीले नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु रहेको बताएको छ । यसका साथै, यस सुन्दर अवसरले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने विश्वास लिएको छ ।

आयोजकले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उल्लेखनीय मात्रमा हाइड्रो पावरहरु पनि सञ्चालनमा आएका छन् । यो सन्दर्भमा नेपालले आफ्नो प्राथमिकता विद्युतीय यातायातमा सारेको देखिन्छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्ने जनाएको छ ।

विज्ञप्तिमा विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जिको खपत बढाउँछ । यस प्रदर्शनी विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिने उल्लेख गखिएको छ ।

यस वृहत प्रदर्शनी १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्डका लागि साझा मञ्च हुनेछ । यसका साथै व्यापार तथा वित्तिय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि उपयुक्त थलो हुनेछ ।

एक्स्पोले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछ । विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरु पनि प्रदर्शनीमा देख्न पाइने बताइएको छ । विद्युतीय यातायातको क्षेत्रमा यस प्रदर्शनीले थप उर्जा प्रदान गर्नेछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट