विश्व इतिहासमा आजः रेड सी र भूमध्य सागरलाई जोड्न नहर निर्माणदेखि भेलभेट क्रान्ति-Sutra News

विश्व इतिहासमा आजः रेड सी र भूमध्य सागरलाई जोड्न नहर निर्माणदेखि भेलभेट क्रान्ति

बिहिबार, १ मंसिर २०७९

बिहिबार, १ मंसिर २०७९

१९८९ को भेलभेट क्रान्ति



वर्लिनको पर्खाल ढलेको एक सातापछि चेक गणतन्त्रको राजधानी प्रेगमा विद्यार्थीहरुले विशाल प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको स्मरणमा गरिएको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेको थियो । सोही हस्तक्षेपको विरोधमा भएको देशव्यापी हामहड्तालपछि पूर्व चेकोस्लाभियामा कम्युनिस्ट ढलेको थियो र ४१ वर्षपछि देशमा पहिलो प्रजातान्त्रिक निर्वाचनका लागि ढोका खोलेको थियो ।

विद्यार्थीको क्रान्ति

सन् १९७३ मा एथेन्स पोलिटेक्निक क्रान्ति भएको थियो । एथेन्समा तत्कालिन सेनाको जुन्ता सरकारविरुद्ध सन् १९७३ को १४ नोभेम्बरमा पोलिटेक्निक क्याम्पसका विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । १७ नोभेम्बरमा ट्यांकसहित क्याम्पस पुगेको सेनाले अन्धाधुन्दा लाठी प्रहार गरेको थियो । सो क्रान्तिको स्मरणमा अहिले पनि हरेक नोभेम्बर १७ मा ग्रीसका सम्पूर्ण विद्यालय र क्याम्पस बन्द हुन्छन् ।

सुज नहर निर्माण सम्पन्न

युरोप र एसियालाई जोड्ने स्युज नहरको निर्माण कार्य सन् १८६९ मा सम्पन्न भएको थियो । रेड सी र भूमध्य सागरलाई जोड्ने सो नहर निर्माण गर्न १० वर्ष लागेको थियो ।

रिचार्ड निक्सनको दाबी

वाटरगेट कान्डका सन्र्दभमा सन् १९७३ मा तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सले पत्रकार सम्मेलन आयोजना गरेका थिए । निक्सनले आफूले बदमासी नगरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट