काठमाडौं– खेल क्षेत्रको महाकुम्भ मानिने विश्वकप फुटबल प्रतियोगिताको २२औं संस्करण आइतबारदेखि एसीयाली मुलुक कतारमा सुरु हुँदैछ।
विभिन्न देशका खेलाडी कतार पुगेका छन् र खेलको तयारी पनि जारी राखेका छन्। ८ रंगशालामा खेलाइने उक्त प्रतियोगितामा विश्वका चर्चित खेलाडीले देशको प्रतिनिधित्व र नेतृत्व गर्दैछन्।
विश्वकपको ट्रफि उचाल्नेको मात्र होइन, विभिन्न उपाधी र पुरस्कार जित्नेको चर्चा पनि हुने गरेको छ। विश्वकपमा चर्चामा रहेको एउटा उपाधी हो गोल्डेन बल।
हालसम्म भएका विश्वकपहरूमा ब्राजिलले ७ पटक सबैभन्दा धेरै गोल्डेन बल लगिसकेको छ।
गोल्डेन बल खेलमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई फाइनलपछि दिने गरिन्छ। यसको छनौट फिफाको प्राविधिक समितिले सञ्चारकर्मीको मतका आधारमा गर्दै आएको छ।
विश्वकपमा हालसम्म गोल्डेन बुट लाने को को हुन् त?
सन् १९३० मा उरुग्वेका जोसे नासाजीले गोल्डेन बुट प्राप्त गरेका थिए। १९३४ मा इटालीका जीयसेप्पे मेज्जा, १९३८ मा ब्राजिलका लियोनिदास, ब्राजिलकै जिजिन्होले १९५० को विश्वकपमा गोल्डेन बल पाएका थिए।
युरोपेली देश हंगेरीका फेरेन्क पुस्कासले १९५४ मा गोल्डेन बल लैजाँदा १९५८ र १९६२ मा क्रमशः ब्राजिलका डीडी र गारिन्चाले गोल्डेन बल हात पारेका थिए।
बेलायतका बोबी चार्टलनले १९६६ को गोल्डेन बुट लैजाँदा ब्राजिलका पेलेले १९७० मा हात पार्न सफल भए। पेले सर्वाधिक चर्चित फुटबलरका रुपमा पनि विश्वविख्यात छन्। नेदरल्यान्डका जोहन क्रुइफले १९७४ मा उठाएको गोल्डेन बल १९७८ मा अर्जेन्टिनाका मारियो केम्पेसले प्राप्त गरेका थिए।
पाओलो रोस्सीले इटालीका तर्फबाट उत्कृष्ट गोल गरेर १९८२ मा हात पारेको गोल्डेन बल १९८६ मा अर्जेन्टिनाका डिएओ म्यारोडनाले उचाले। म्यारोडोना पनि चर्चित खेलाडी हुन्। अर्जेन्टिनाको कोचका रुपमा काम गरेका उनको हालसालै निधन भएको थियो।
गोल्डेन बल लिने उपक्रममा इटालीका साल्भाटोरे स्चिलासीले १९९० को विश्वकपको मौका उठाए भने ब्राजिलका लागि क्रमशः रोमारियो र रोनाल्डोको १९९४ र १९९८ पोल्टामा परेको थियो।
विश्व चर्चित गोल रक्षक जर्मनका ओलीभर कानले सन् २००२ मा हात पारेको गोल्डेन बल फ्रान्सका लागि जिनिदे जिदानले २००६ मा उठाएका थिए। यसैगरी उरुग्वेका लागि उत्कृष्ट गोल गरेका डिएगो फोर्लानले २०१० मा हात पारेको गोल्डेन बल २०१४ मा विश्वचर्चित खेलाडी लियोनल मेस्सीले अर्जेन्टिनाका लागि समेटेका थिए।
पहिलो पल्ट फाइनलमा पुगेको क्रोएसीयाका लागि सन् २०१८ को विश्वकपको गोल्डेन बल लुका मोड्रिचले हात पारेका थिए।