एकै विज्ञापनमा मेसी र रोनाल्डो-Sutra News

एकै विज्ञापनमा मेसी र रोनाल्डो

आइतबार, ४ मंसिर २०७९

आइतबार, ४ मंसिर २०७९

क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी पहिलो पटक एकै विज्ञापनमा देखिएका छन् । दुबै स्टार खेलाडी लुइस वुइटनको ‘लक्जरी’ कपडाको विज्ञापनमा देखिएका हुन् । रोनाल्डो र मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा चेस खेल्दै विज्ञापन गरेका छन् ।



सदावहार को उत्कृष्ट भनेर मेसी र रोनाल्डोबीच चर्चा हुने गर्दछ । विज्ञापनमा भने पहिलो पटक दुबै खेलाडी चेकदार सुटकेसमा चेस खेलिरहेका छन् । यो खेल कस्ले जित्यो त्यो भने लेखिएको छैन । मेसीले लेखेका छन्,‘विजय मनको आस्था हो।’

दुबै खेलाडी हाल कतार विश्वकपका लागि दोहामा छन् । विश्वफुटबलको स्टार खेलाडी द्वयको लागि यो नै अन्तिम विश्वकप हुने मानिएको छ । मेसीले बालोन डि ओर सात पटक र रोनाल्डोले पाँच पटक बालोन डि ओरको अवार्ड प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट